मिस्टर नेपाल सानु गुरुङ बेलायतमा

अल्डरसट । मिस्टर नेपाल सानु गुरुङ गत शनिबार बेलायत आइपुगेका छन् । उनी आगामी जुन १७ का दिन युके नेपाली फिटनेस तथा बडीबिल्डीङ्ग फाउन्डेशनको आयोजनामा हुन लागेको पाँचौं मिस्टर युके नेपाल बडी बिल्डीङ्ग च्याम्पियनसीपमा भाग लिन लागेका खेलाडीहरुलाई तालिम दिने उद्देश्यले आएका हुन् । उनी विगत केही वर्षदेखि खेलाडीहरुलाई तालिम दिन प्रत्येक वर्ष बेलायत आउने गर्छन् । उनलाई बडीबिल्डीङ्गका अध्यक्ष किशोर गुरुङलगायतका पदाधिकारी र खेलाडीहरुले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

PreMortgage.co.uk

तीनवटा क्याटगोरीमा सम्पन्न हुन लागेको खेलमा सानु गुरुङ प्रमुख प्रशिक्षक समेत रहेका छन् । खेल अन्तर्रास्ट्रियस्तर हुने र विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष गुरुङले बताए । उनले बेलायतमा रहेका विभिन्न समाजका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र समाजसेवीहरुलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाइदिन हार्दिक अनुरोध गरेका छन्  ।
 

rfwbs-sliderfwbs-sliderfwbs-sliderfwbs-sliderfwbs-slide