मिस्टर हिमालयमा विशनको सानदार प्रस्तुति

नेपालमा भर्खरै सकिएको मिस्टर हिमालय राष्ट्रिय बडी बिल्डिंग प्रतियोगितामा UKNFBF  का तर्फबाट सहभागिता जनाएका विशन गुरुङ ७५ के . जी . तौल समूहमा फस्ट रनर अपको ताज पहिरन सफल भएका छन् l  स्मरण रहोस उनी  UKNFBF  २०१४ का च्याम्पियन पनि हुन् l गुरुङको सफलता पश्चात यू . के . एन . एफ . बि . एफ का सभापति किशोर गुरुङले संस्थाको साख राख्न सफल विशन गुरुङलाई शुभकामान तथा बधाई ज्ञापन प्रदान गरे l प्रतिस्पर्धामा सहभागी हुन गुरुङ गत साता  मात्र नेपाल गएका थिए l

PreMortgage.co.uk

विशन गुरुङ मिस्टर हिमालय राष्ट्रिय बडी बिल्डिंग प्रतियोगितामा ७५ के . जी . तौल समूहमा फस्ट रनर अपको  ताज पहिरन सफल भएका छन् l

यू . के . एन . एफ . बि . एफ का सम्पूर्ण पधादिकारीले आयोजक मिस्टर हिमालयले गरेको कार्यक्रमको प्रशंशा गर्दै  संस्थालाई सदैब  सहयोग प्रदान गर्दै आएका सानु गुरुङलाई पनि बिशेष धन्यवाद दिएका थिए l
सभापति किशोर गुरुंगले देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीलाई नया बर्ष  बि . स . २०७४ को   शुभकामना दिदै सोहि अवसरमा  आगामी जुन २०१७ मा बेलायतको अल्ड्राशोटमा हुन लागेको पाँचौ मिस्टर यू . के . नेपाल बडी बिल्डिंग च्याम्पियनमा सहभागी हुन आवहान पनि गरे l

 

rfwbs-sliderfwbs-sliderfwbs-sliderfwbs-sliderfwbs-slide