बडी बिल्डिङ च्याम्पियन बिसन प्रतिष्पर्धाका लागि नेपाल उडे

यूके नेपाल बडी बिल्डिङ च्याम्पियन २०१४ बिसन गुरुङ एक राष्ट्रिय प्रतियोगितामा भाग लिन नेपाल प्रस्थान गरेका छन् ।

PreMortgage.co.uk

आगामी ७ र ८ अप्रिल २०१७ मा काठमाण्डौंमा हुन लागेको ‘मिस्टर हिमालय राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसिप’ मा प्रतिष्पर्धा गर्न विसन मंगलबार नेपाल लागेका हुन् ।

नेपाल उड्नुअघि यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेस 
(यूकेएनएफबीएफ) ले विसनलाई शुभकामना एवं विदाइ गर्न अल्डरसटमा एक कार्यक्रम गरयो ।

कार्यक्रममा यूकेएनएफबीएफका अध्यक्ष किशोर गुरुङसहित 
संस्थाका अन्य पदाधिकारीले गुरुङलाई खादा लगाएर शुभकामना दिंदै विदाई गरेका थिए ।

त्यस अवसरमा फेडेरेसनका उपाध्यक्ष सुक गुरुङ, महासचिव लोक गुरुङ, कोषाध्यक्ष एम गुरुङ, सल्लाहकारहरु नारायण गुरुङ र गंगा गुरुङ, निरमाया रोधीघरका सञ्चालक गणेश गुरुङ, हयाव अ मोमेन्टका नबीन गुरुङ, राजेन गुरुङ लगायतको उपस्थिति थियो ।

 

rfwbs-sliderfwbs-sliderfwbs-sliderfwbs-sliderfwbs-slide