Monthly Archives: December 2016

पाँचौ मिस्टर यू . के. नेपाल बड़ी विल्डिंग च्याम्पियन सिप आगामी जुन मा हुने

5th Mr UK Nepal

लोक गुरुङ

स्वस्थ शरीर सुन्दर जीवन नै बाच्ने आधार मूल नारा को साथ स्थापना गरिएको यू . के . एन . एफ . बि . एफले आगामी १७ जून २०१७ मा पाचौ पटक मिस्टर यू . के.  नेपाल बड़ी विल्डिंग च्याम्पियन सिप गर्ने भएको छ l मेन्स बड़ी विल्डिंग ओभर अल , मेन्स फिजिक , मेन्स मास्टर बड़ी विल्डिंग ओभर ४० , बिकिनी फिटनेस र  जूनियर बड़ी विल्डिंग गरी पाँच वटा बिधामा गरी ४० जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन l   उक्त विभिन्न विधाका अंतरराष्ट्रीय मापदंड अनुसार आयोजना गरिने  यस कार्यक्रमलाई  प्रमुख  प्रशिक्षक रुपमा सानु  गुरुङ, शुक गुरुङ  , गंगा गुरुङ , रचित कुँवर र भीषण गुरुङले प्रशिक्षण दिनेछन  l यू . के.  नेपाल बड़ी विल्डिंग च्याम्पियन सिपमा प्रथम हुनेलाई £१०००  पीपल मोरगेजका प्रवन्ध निर्देशक सूर्य प्रकाश गुरुङ ,द्रितिया हुनेलाई  £५०० सनराइज़ गोरखा क्लबका निर्देशक नवराज घले, तृतीय हुनेलाई £३०० गोरखा मेजर चक्रबहादुर खत्री , र क्यटोगरी विनरलाई £३०० पूर्ण तिलिजाले पुरस्कारको प्रायोजक  गरिएको छ l

यू . के.  नेपाल बड़ी विल्डिंग च्याम्पियन सिपलाई सफल बनाउन सभापति किशोर गुरुङले   ब्यापारी , कर्मचारी , बिद्यार्थी , कलाकार , पत्रकार , राजनीतिज्ञ , समाजसेवी तथा सम्पूर्ण बेलायतवासी नेपालीहरुलाइ  सहयोग र समर्थन गरिद्नु हुन हार्दिक आव्हान गर्नुभएको छ साथै सम्पूर्ण खेलाडी साथीहरुलाई  सक्दो छिटो आफ्नो नाम दर्ता गरेर सहयोग गरिदिनु हुन अनुरोध  गरेको छ l

 

rfwbs-sliderfwbs-sliderfwbs-sliderfwbs-sliderfwbs-slide