Category Archives: Activities

The Grand Bodybuilding Championship 2018

बेलायतमा पाचौ मिस्टर यू के नेपाल च्याम्पिएनशिप सम्पन्न

Mr UK Nepal 2017 Pranaya Gurung

बेलायत १७ जुन २०१७ | अल्डरसट स्ठित एम्पायर हलमा बेलायती र नेपाली राष्ट्रिय गीत देखी शुरु भएको कार्यक्रममा श्री सुर्य गुरुङ्गको उध्घोसक, संस्थाको महा-सचिव श्री लोक गुरुङ्गको स्वागत भासण, आर्थिक अनी भौतिक रुपमा सहयोग गर्ने सम्पूर्ण हृदयको धनीहरुलाई धन्यवाद अनी खेलाडीहरुलाई अग्रिम बधाई, उपस्थित सम्पूर्ण सँग संस्थाका गन्न्य मान्य महानुभावहरुलाई स्वागत तथा धन्यवाद, संस्थाका उपाध्यक्ष श्री सुक गुरुङ्गको छोटो मिथो भाषण र अध्यक्ष श्री किशोर गुरुङ्गको अध्यक्षतामा सुरु भएको यू के नेपाल फेड्रेशन अफ बदिबिल्डिङ्ग एन्ड फिटनेस्को यो पाचौ मिस्टर यू के नेपालको कार्यक्रममा NRNA UK का अध्यक्ष श्री मुछेत्र गुरुङ्ग, तमु धी यू के अध्यक्ष श्री ग्याम गुरुङ्ग, चिफ कोच धर्मश्री तथा ३ टाईम्स  मिस्टर नेपाल सानु गुरुङ्ग लगायक कयौ सँग संस्थाका गन्य मान्य ब्यकतित्वहरु आ-आफ्नो संस्थाका प्रितीनिधित्व गरिरहनु भएको थियो।

Master UK Nepal 2017 Kumar Gurung

Master UK Nepal 2017 Kumar Gurung

आजको यो च्याम्पिएनशिपमा तीन क्यातेगोरीमा प्रतिस्प्रधा भएको थियो जहाँ फिजिक तर्फ अल्डर्शत निवासी श्री तारा गुरुङ्गले प्रथम अथवा  मिस्टर फिजिकको ट्रफी हात पार्नु भयो भने मास्टर क्यातेगोरी मा श्री ए एम कुमार गुरुङ्गले  मिस्टर  मास्तर यू के नेपालको ट्रफी जित्न सफल हुनुभएको छ भने मुख्य खेल बडिबिल्डिङ्ग च्याम्पिएनशिपमा श्री प्रनय गुरुङ्गले यस् बर्षको मिस्तर यू के नेपाल २०१७ को ट्रफी बिजेता हुनु भयो, त्यसरी नै दोश्रो अथवा फर्स्त रनर अपमा फिजिक क्यातेगोरी मा बिजई श्री तारा गुरुङ्ग हुनु भयो भने सेकन्ड रनर अप श्री सचिन राई ले जित्नु भयो। प्रथम बिजेतालाई पीपल मोर्त्गेज को एम डी श्री सुर्य प्रकाश गुरुङ्ग ले £१०००।०० को नगद पुरुस्कार स्वरुप चेक प्रदान गर्नु भयो, दोश्रो बिजेतालाई गुर्खा सनराइज स्पोर्ट क्लबको एम डी श्री नवराज घलेले £५००।०० को चेक प्रदान गर्नु भयो भने त्रितिय बिजेतालाई गुर्खा मेजर चक्र बहादुर खत्रीले £३००।०० चेक प्रदान गर्नु भएको थियो भने यसरी नै मास्तर बिजेतालाई श्री पूर्ण तिल्जाले £३००।०० चेक प्रदान गर्नु भएको थियो।

यसरी आजको यो ग्रान्ड इवेन्त २०१७  मिस्टर यू के नेपाल ठुलो सफलता का साथ झन्डै रातिको ९:४५ मा बिजेता हरुलाई घाती र टाउको नै धाकिने गरी बधाई दिने र खाडा लगाइदिने कार्यक्रमको साथ यो २०१७ को  मिस्टर यू के नेपाल च्याम्पिएनशिप अर्को बर्ष सम्मको लागि अल्बिदा।

अन्य पुरा फोटोको लागि यहाँ क्लिक गर्नुहोस् 

मिस्टर नेपाल सानु गुरुङ बेलायतमा

अल्डरसट । मिस्टर नेपाल सानु गुरुङ गत शनिबार बेलायत आइपुगेका छन् । उनी आगामी जुन १७ का दिन युके नेपाली फिटनेस तथा बडीबिल्डीङ्ग फाउन्डेशनको आयोजनामा हुन लागेको पाँचौं मिस्टर युके नेपाल बडी बिल्डीङ्ग च्याम्पियनसीपमा भाग लिन लागेका खेलाडीहरुलाई तालिम दिने उद्देश्यले आएका हुन् । उनी विगत केही वर्षदेखि खेलाडीहरुलाई तालिम दिन प्रत्येक वर्ष बेलायत आउने गर्छन् । उनलाई बडीबिल्डीङ्गका अध्यक्ष किशोर गुरुङलगायतका पदाधिकारी र खेलाडीहरुले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

तीनवटा क्याटगोरीमा सम्पन्न हुन लागेको खेलमा सानु गुरुङ प्रमुख प्रशिक्षक समेत रहेका छन् । खेल अन्तर्रास्ट्रियस्तर हुने र विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष गुरुङले बताए । उनले बेलायतमा रहेका विभिन्न समाजका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र समाजसेवीहरुलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाइदिन हार्दिक अनुरोध गरेका छन्  ।
 

rfwbs-sliderfwbs-sliderfwbs-sliderfwbs-sliderfwbs-slide